काठमाडौ : २०२२ को नयाँ संस्करणका लागि मिस ग्रान्ड नेपालको खोजी सुरु भएको छ ।

आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपालमार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै मिस ग्रान्ड वोर्ल्ड, फेश अफ वियूटी इन्टरनेसनल, मिस औरा इन्टरनेसनल, मिस ग्लोबल इन्टरनेसनल र मिस ईन्टर ग्लोबमा प्रतिस्पर्धी तयार पार्दै ५ जना सुन्दरी हरुलाई इन्टरनेसनलमा भिड्न पठाउने भएको छ ।

सहभागीले असार १७ भित्र आवेदन दिइसक्नुपर्ने आयोजकले जनाएको छ ।

राजधानीको ठमेलस्थित 10 x club मा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मिस ग्रान्ड नेपालका अध्यक्ष राम केसीले सो कुरा जानकारी गराउनु भयो ।

पछिल्लो ४ वर्षदेखि लगातार रुपमा आयोजना गरि रहेको यो प्रतियोगीतामा स्थानीय र प्रदेशमा रहेका युवतीहरुलाई पनि सहभागी गराउने उद्देश्यले असार ११ देखि असार १७ सम्म नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान र झापामा विभिन्न उत्प्रेणात्मक कार्यक्रमसहित अडिसन सञ्चालन गरिने बताएको छ ।

अन्तिम अडिसन भने भने होटल नेपालय ठमेलमा असार १८ मा गरिने बताईएको छ ।

युवतीका बाहिरी तथा भित्री सौन्दर्य प्राथमिकतामा राखेर गरिँदै आएको मिस ग्रान्ड नेपाल यो वर्ष नौलो र सुधारात्मक हिसाबले अघि बढ्ने बताउनु भयो । लुकेका प्रतिभा मिस ग्रान्ड नेपालमार्फत प्रस्फुटन गर्न सफल भइरहेको र यसलाई निरन्तरता दिँदै नेपाललाई अझ धेरै मंचमा उतार्ने अध्यक्ष केसीले बताए ।

पत्रकार सम्मेलनमा मिस ग्रान्ड नेपाल टुरिजम सुर्जिना श्रेष्ठ , मिस ग्रान्ड नेपाल स्कुवा सोनाली सापकोटा ,मिस मल्टीनेसनल द्दोय आशा कार्की र प्रमिला बिक , किसन राज सिंह , राजु श्रेष्ठ, डा रामसरण थपलिया, आनी भिम सोवा गुरुङ को उपस्थिती रहेको थियो ।

उनीहरूले मिस ग्रान्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर आर.के. इन्टरटेन्मेन्ट ग्रुपले नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिएको दाबी गरे।

मिस ग्रान्ड नेपाल २०२२ का बिजेताले नगदको साथै मोबाइल फोन , कम्पनी ambassador र नेपाली चलचित्रमा नायिका सहमेत हुदै , पाँचै बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२२ , मा नेपाल को झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गर्ने छन् ।

मेगा अडिसन काठमाडौँमा गरिने आयोजक संस्थाले जानकारी दिदै छनोटमा परेका सहभागीहरुलाई ४५ दिनको उपयुक्त कक्षाबाट तालिम प्रदान गर्दै साउनको अन्तिममा ग्रान्ड फिनाले गरि समापन गरिने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय