नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट काठमाडौँ महानगरपालिका–१५ को वडाअध्यक्षमा ईश्वरमान डंगोलले उम्मेदवारी दिनुभयको छ ।

यसअघि सफल वडा अध्यक्ष भएर आफ्नो कार्यकुशलता प्रस्तुत गर्नुभएका डंगोलले पुनः वडा अध्यक्ष पदमा उम्मेदवारी दिन लाग्नुभएको हो ।

नेपाल कम्युनिस्ट पार्टी ( एस ) को बागमती प्रदेश कमिटी सदस्य समेत रहेका डंगोलले वडा अध्यक्ष भएर जनताको सेवमा लोकप्रिय काम गर्दै आउनुभएको छ ।

भुगोल राजनीति सरुवात गर्नुभएको डंगोल काठमाडौ महानगरपालिकाको प्रवक्ता समेत हुन ।

काठमाडौं महानगर १५ मा समाजवादी एसको तर्फबाट अध्यक्ष ईश्वरमान डंगोलको प्यानलमा सदस्य हरु मैया लक्ष्मि महर्जन ( महिला वडा सदस्य ) रिता मिजार ( दलित सदस्य ) अपसरा केसि ( महिला वडा सदस्य ) विदुर श्रेष्ठ ( वडा सदस्य ) ले उम्मेदवारी दिनु भएको छ ।

वडा १५ को लोकप्रिय नेता मानिने डंगोलले उक्त क्षेत्रमा विकासको वर्षा गरेका छन ।

उक्त स्थानका वासिन्दा पनि अबको एक कार्यकाल ईश्वरमान डंगोललाई दिने कुरा व्यक्त गर्छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय