बैशाख ३० गते हुन गईरहेको स्थानिय चुनाबमा देशैभरि नवीन सोच भएका युवाहरु उम्मेद्बारी दिनेको होडबाजी नै चलेको छ। सधै पुराना पार्टीका पुराना व्यक्तिबाट आजित भएका आजका युवाहरु आफ्नो ठाउं आफैं बनाउँ भन्ने जोस सहित चुनाबमा होमिएका हुन्। त्यसै मध्येका जनता समाजबादी पार्टीबाट २८ बर्षीय युवा पर्यटन उद्धेमी अशिम कुमार लम्साल धादिंग नीलकण्ठ नगरपालिका अन्तर्गत वडा नं ११ को वडा अधक्ष पदमा उठेका छन्।

पुराना व्यक्तिको सोच र कामबाट आजिब भएका उनि आब आफ्नो ठाउं आफै बनाउनु पर्ने, त्यसको लागि युवा सोचलाई बिकासमा रुपान्तर गर्नु पर्छ भनेर आफै चुनाबमा उठेको बताउँछन्। आफ्नो ठाउँको स-साना समस्या नजिकबाट नियालेका उनले आफ्नो वडामा प्रशाशनिक काम चुस्त बनाई, त्यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण, रोजगारी, पर्यटन तथा विपद ब्यबस्थापनको निम्ति बिशेष कम गर्ने आफ्नो घोषणा पत्रमा उल्लेख गरेका छन्।

सामान्य हुरीबतास तथा पानी पदर बत्ति जाने, सामान्य प्रकोपमा पानी नआउने, विपदको समयमा स्थानीयले राहत नपाउने आदि समस्या पटक पटक दोहोरिएको हुनाले उनले बिशेष कार्यविधि मार्फत समस्या समाधान गर्ने बताउँछन्।

पुराना पार्टीका पुराना सोच भएका व्यक्तिहरुको काम हेरिसकेका स्थानीय बासी फेरी पानी उनीहरुलाई नै भोट दिएर आफ्नो ठाउंको विकास हुन्छा भन्ने भ्रम मात्रै हुन सक्छ। तसर्थ नयन सोच, योजना तथा कार्यविधि भएका युवालाई एकपटक जिताएर काम गर्ने अवसर प्रदान गर्नु पर्छ। उनले आफु चुनाब जितेमा वडा अध्यक्षले पाउने कुनै पनि तलब तथा सुबिधा नलिने प्रतिबद्धता समेत उल्लेख गरेका छन्। यसपालिको भोट खेर नफालौं, युवा नेतृत्वबाट अब आफ्नो गाउँठाउंको विकास गर्ने सबै युवाको पक्षमा भोट गरौँ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय