गोरखा/आरुघाट : यति बेला देशभर चुनावी सरगर्मी बढिरहेको छ । हरेक स्थानीय तहमा विभिन्न राजनैतिक दलमा आस्था राख्ने नेता तथा कार्याकर्ताले उम्मेदवारी दिईरहेका छन ।

यस्तै अवस्था गोरखा जिल्लाको आरुघाट गाउँपालिकामा पनि देखिएको छ ।

आरुघाट गाउँपालिका वडा न २ को वडा अध्यक्षमा माओवादी केन्द्रले नेता अम्मर सिंह थापालाई उठाउने निर्णय गरेको छ ।

निडर तथा साहासी नेता थापाले आफुले माओवादी केन्द्र दलबाट उम्मेदवारी दर्ता गराएको र जनताको आशा भरोसा म माथी नै भएकोले मैले चुनाव जित्ने निश्चित जस्तै रहेको बताएका छन ।

जनयुद्धका सहासी योद्धा समेत रहेका थापाले आफ्नो वडामा चर्चा बटुलेका छन । गरिव तथा असहाय वर्गको लागि काम गर्दै आएका थापाले विगतका दिनहरुमा आफुसक्दो सहयोग गर्दै आएका छन ।

थापाले आरुघाट-२ वडामा सफा शुद्ध र सिचाइकाे व्यवस्थित धारा , गरिब अशक्तका लागि निशुल्क एम्बुलेन्स सेवा, डिजिटल वडा, उद्यमशिल समाज तथा याेग्यता अनुसारकाे राेजगारि , भ्रष्टाचार मुक्त वडा , पर्यटकिय गन्तव्य बनाउनमा जोड , कृषिमा आधुनिकीकरण , स्थानीय उत्पादनकाे बजार व्यवस्थापन लगाएतका याेजना अगाडि सारेका छन् ।

थापा भन्छन ” मान्वु वासीको हक हितमा सधै काम गरेको छु र अझै आगामी दिनमा वडाको नेतृत्व गर्न पाए भने यो २ नम्बर वडालाई एउटा नमुना वडा बनाएर देखाउछु ”

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय