गोरखा : गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका वडा न १ घ्याम्पेसाल बजारमा बनाउन लागिएको दुल्लभ सामुदायिक सिकाइ केन्द्रलाई युवा नेता तथा व्यवसायी प्रेम खत्रीले व्यक्तिगत रुपमा रु १० लाख सहयोग गर्ने बताउनुभएको छ ।

खत्रीले घ्यामपेसाल बजारमा आयोजित अन्तरास्ट्रिय नारी दिवसको कार्यक्रममा आफुले आर्थिक रकम सहयोग गर्ने बताउनुभएको हो ।

सम्भव नेपालका अध्यक्ष समेत रहनुभएका खत्रीले गोरखा जिल्लाका हरेक क्षेत्रमा आफू सक्दो सहयोग पनि गर्दै आउनु भएको छ ।

उक्त सिकाई केन्द्रको भवन निर्माणमा भिमसेनथापा गाउँपालिकाले ५ लाख रकम हालिदिएको छ । पालिकाको सहयोग सङै उक्त भवनको ढलान हाल्ने काम लगभग लगभग सम्पन्न हुने चरणमा छ ।

वडा न १-२ र ३ को सक्रियतामा बन्न लागेको उक्त सिकाई केन्द्रको भवन पालिका भित्रका हरेक वडाले आफ्नो कार्यक्रममा प्रयोग गर्न पाईने पालिकाका अध्यक्ष ईश्वर पाण्डेले हामिलाई बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय